चीन आक्रमणको अन्तिम चरणमा रहेको ताइवानी विदेशमन्त्रीको दाबी

बकैया दर्पण संवाददाता
२४ श्रावण २०७९, मंगलवार १२:३७

एजेन्सी । ताइवानका विदेशमन्त्री जोसेफ वुले चीन आक्रमणको अन्तिम तयारीमा रहेको बताउनुभएको छ ।

उहाँले सीमा क्षेत्रमा चीनले गरेको सैन्य अभ्यास चर्किँदै गएको भन्दै आक्रमणको अन्तिम तयारी भइरहेको बताउनुभयो । उहाँले चीनले ताइवानसँगको सामुद्रिक सीमा नाका मिचेको भन्दै यसले क्षेत्रीय शान्ति, स्थिरता र ताइवानको सुरक्षामा गम्भीर असर परिसकेको बताउनुभयो ।

गत बुधबारदेखि चीनले दुई देशबीचको सीमा नाघेर १ सय २० भन्दा बढी लडाकु विमान पठाएको ताइवानी अधिकारीको आरोप छ। चीनको जवाफमा ताइवानले लडाकु विमान र सामुद्रीक पोतहरु परिचालन गरेको छ । ताइवानी रक्षा मन्त्रालयका अनुसार सोमबार साँझ ५ बजेको आसपास ३९ लडाकु विमान तथा १३ युद्धपोत ताइवानी सामुद्रिक क्षेत्रमा आइपुगेका थिए ।

यसका साथै हिजै चिनियाँ सैनिकका २१ जेट सीमा रेखा मिचेर ताइवानी जल क्षेत्रमा प्रवेश गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन ताइवानविरुद्ध क्रुद्ध बनेको छ । चीनले यसअघि पनि आवश्यक परे ताइवानमाथि बल प्रयोग गरेर चीनमा मिलाउन सक्ने बताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*