इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

बकैया दर्पण संवाददाता
२३ श्रावण २०७९, सोमबार १०:३८

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ ।

३ दिनसम्मको भीषण संघर्षपछि इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो । ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । साेही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको आतंकवादी समूह (पीआईजे) का वरिष्ठ सदस्यको गिरफ्तारी भएपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो । यसैबीच संघर्ष बिरामको उलंघन गरे गाजामा भीषण आक्रमण गर्ने जनाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*