अल-कायदाका प्रमुख नेता जवाहिरीको अमेरिकी हवाई आक्रमणमा मृत्यु

बकैया दर्पण संवाददाता
१७ श्रावण २०७९, मंगलवार १०:५८

एजेन्सी । आतंकवादी संगठन अलकायदाका नेता आयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मृत्यु भएकाे छ ।

अमेरिकाले अफगानिस्तानमा गरेको आतंकवाद विरोधी कारबाहीमा जवाहिरीको मृत्यु भएकाे अमेरिकाका राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको हाे । अफगानिस्तानको राजधानी काबुलको एउटा सेफ हाउसमा अमेरिकी गुप्तचर संस्था सि.आइ.ए.ले गरेको ड्रोन हमलामा अलकायदाका सर्वोच्च नेता जवाहिरीकाे मृत्यु भएकाे हाे ।

बाइडेनले उहाँको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गर्नुभएको छ । राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गर्नुभएको छ । बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराउनु भएको छ ।

सन् २०११ मा ओसामा बिन लादेनका मृत्यु भएपछि जवाहिरीले अलकायदाको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । जवाहिरी संयुक्त राज्य अमेरिकामा सन् २००९ सेप्टेम्बर ११ मा भएको हमलाको मास्टर माइन्ड समेत हुनुभएको थियो ।

बिन लादेनको दाहिने हात र अलकायदाका प्रमुख बिचारकको रुपमा परिचित जवाहिरीलाई अमेरिकाले मोस्ट वान्टेड सूचीमा राखेको थियो । जवाहिरीको मृत्युले अमेरिकाले ठूलो उपलब्धि हासिल गरेको विश्लेषण गरिएको छ । इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*