चीनमा बाढीका कारण ८० हजार मानिस विस्थापित

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार १२:०६

एजेन्सी । चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण करिब ८० हजार मानिस प्रभावित भएका छन् ।

बस्तीमा प्रवेश गरको बाढीले सयौं घरहरु डुबाउँदा उनीहरु घरबारबिहीन भएका हुन् । लिओनिङ बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार करिब १६ सय हेक्टरको बालीमा पनि क्षति भएको छ । प्रान्तका १३ मझौला र १७ वटा साना जलाशयमा पानीको बहाव बढेकाले थप बाढीको चेतावनी दिइएको छ ।

मुसलधारे वर्षा हुने क्रम जारी रहेकाले थप क्षति हुनसक्ने भन्दै ७० हजार मानिसलाई सुरक्षित स्थानतर्फ समेत सारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*