भारतमा कोरोना बढ्दै, एकैदिन २० हजार ४०९ थप

बकैया दर्पण संवाददाता
१३ श्रावण २०७९, शुक्रबार १४:०१

एजेन्सी । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजारभन्दा बढी कोभिड–१९ संक्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना संक्रमितको संख्या चार करोड ३९ लाखमा ७९ हजार सात सय ३० पुगेको छ ।

देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय संक्रमित छन् । पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त भएकाको संख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ । कोरोना संक्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ ।

कोरोना महामारी शुरु भएयता ८७ करोड ४० लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*