इराकको प्रदर्शनकारी संसद भवनमा प्रवेश, तत्काल संसद छाड्न इराकी सरकारको आग्रह

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १०:४६

एजेन्सी । इराकको संसदमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । उच्च सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीहरू राजधानी बगदादस्थित संसद भवनमा प्रवेश गरेका हुन । प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल–सदरका समर्थकहरूले भ्रष्टाचार र कुशासनको विरोध गर्दै त्यहाँको संसद भवनभित्र प्रवेश गरेका हुन् ।

सुरक्षाकर्मीहरूको घेरा तोड्दै प्रदर्शनकारीहरू ‘ग्नीन जोन’ मा प्रवेश गरेका थिए । उक्त क्षेत्रमा इराकका सबैभन्दा महत्त्वपूर्ण कार्यालयहरू तथा विदेशी दूतावास भवनहरू रहेका छन् । प्रदर्शनकारीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरे पनि प्रदर्शनकारीहरू संसद भवनमा प्रवेश गरेका थिए । संसदभित्र छिरेका प्रदर्शनकारीहरूले नाचगान गरेका थिए भने केही टेबलहरूमा सुतेका थिए । कोही पोखरीमा पौडी खेलिरहेका थिए । तर उक्त समयमा संसद भवनभित्र सांसदहरू भने थिएनन् ।

गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन । अमेरिकी हस्तक्षेपका विरोधी शिया धर्मगुरू सदरको दलले चुनाव जिते पनि सत्ताधारी सुन्नी समर्थक दलले सत्ता छाड्न मानेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*