श्रीलंकामा विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएसँगै विरोध प्रदर्शन सुरु

बकैया दर्पण संवाददाता
५ श्रावण २०७९, बिहीबार ११:०४

एजेन्सी । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ३४ मत प्राप्त गरेर राष्ट्रपति पदमा निर्वाचित हुनुभएकाे हाे । यसअघि उहाँ ६ पटक श्रीलंकाको प्रधानमन्त्री बन्नुभएको थियो ।

श्रीलंकामा कार्यकारी अधिकारसहितको राष्ट्रपति आमनिर्वाचनबाट चुनिने संवैधानिक व्यवस्था रहेकाे छ । यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उहाँको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो । विक्रमासिंगे नयाँ राष्ट्रपति बने पनि उहाँका लागि काम गर्न सजिलो नहुने संकेत देखिएको छ । पूर्वराष्ट्रपति गाेताबाया राजपाक्षेविरुद्ध सडकमा उत्रिएका समूहहरूले विक्रमासिंगेलाई पनि स्वीकार नगर्ने संकेत दिएका छन्। उनीहरूले पुरानै र पटक पटक परीक्षण भईसकेका व्यक्ति भन्दै राष्ट्रपतिमा रनिल विक्रमासिंघे विरुद्ध पनि प्रदर्शन गर्न सुरू गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*