स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु

बकैया दर्पण संवाददाता
३ श्रावण २०७९, मंगलवार १३:१५

एजेन्सी । स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ । मन्त्रालयले देशको तापक्रम ४५ डिग्री सेल्सियस सम्म पुगेको छ भने गर्मीका कारण यससँग सम्बन्धित समस्याबाट मानिसहरूको ज्यान जाने क्रम पनि रोकिएको छैन ।

देशमा जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको पनि बताइएको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्म मात्र १५० जनाको ज्यान गएको जनाएको छ । त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरूले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । यसरी ज्यान जानेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*