दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा ९ जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२ श्रावण २०७९, सोमबार १०:३१

एजेन्सी । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एक व्यक्तिलाई दक्षिण अफ्रिकाको थेम्बेलिहलेमा गोली हानी हत्या गरिएको हो ।

यसैगरी जोहानेसबर्गको टाउनशिपमा पनि गोली हानी ४ जनाको हत्या गरिएको हो । घटनामा संलग्न ८ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । दक्षिण अफ्रिकामा हरेक वर्ष हुने हत्याकाण्डमा झण्डै २० हजार मानिसको मृत्यु हुने गरेको छ । साेही घटना लगतै दक्षिण अफ्रिकाभर सुरक्षा व्यवस्था कडा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*