जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा

बकैया दर्पण संवाददाता
१ श्रावण २०७९, आईतवार १०:३८

एजेन्सी । जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा परेको छ ।

युरोपमा तापक्रम अत्याधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । साथै युरोपका विभिन्न जंगलमा अहिले आगलागी भईरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायतका देशहरू चर्को तातोसँग लडिरहेका छन् । जंगलमा लागेको आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक हेलिकाेप्टर र सयौं जनशक्ति परिचालन गरिएको छ । उत्तरी पोर्चुगलमा आगो निभाउने क्रममा एक जना पाइलटको समेत निधन भएको छ ।

फ्रान्सको गिरोन्दे क्षेत्रमा लागेको आगोका कारण कम्तिाम १२ हजार मानिसलाई अन्यत्र सारिएको छ भने स्पेनको कोस्टा डी सोलको जंगलमा आगो लागेका कारण २ हजार बढी मानिस आफ्नो थात्थलो छाडेर भागेका छन् । यता, दक्षिणी फ्रान्सको जंगलमा भईरहेको भीषण आगलागीले१० हजार हेक्टरको जंगल सखाप पारेको छ भने आगो नियन्त्रण गर्न ३ हजार अग्नियन्त्रक खटिएका छन् ।

पोर्चुगलमा यति बेला तापक्रम ४७ डिग्री सेल्सियस पुगेको छ भने स्पेनमा ४० डिग्रीमाथि छ । यस्तै फ्रान्स, इटली, मोरक्कोलगायतका देशहरूमा पनि तापक्रम ४० डिग्रीमाथि पुगेको छ । यता, बेलायतले गर्मी अत्यधिक बढेपछि सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन भनेको छ ।

युके महानगर कार्यालयले सार्वजनिक यातायात प्रयोग गर्दा ध्यान पुर्याउन र गर्मीबाट हुनसक्ने आकस्मिक क्षतिप्रति सचेत रहन भनेको छ । अहिले ३८ डिग्री रहेको तापक्रम आगामी साता अझै बढ्ने भएकाले सरकारले यात्रा, सार्वजनिक यातायातको प्रयोग र शपिङ वा मनोरञ्जनका गतिविधिमा नियन्त्रणको प्रयास गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*