मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु

बकैया दर्पण संवाददाता
३२ असार २०७९, शनिबार १३:१५

एजेन्सी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ ।

साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको नौसेनाले जनाएको समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो ।

अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले राफेललाई सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ । साेही विषयलाई लिएर मेक्सीको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*