श्रीलंकामा राष्ट्रपति पदमा विपक्षी दलका नेता सजितको दावी

बकैया दर्पण संवाददाता
२८ असार २०७९, मंगलवार १४:४१

एजेन्सी । श्रीलंकाका प्रमुख विपक्षी दलका नेता सजित प्रेमदासाले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बताएका छन् । देश आर्थिक संटकमा फसेपछि आक्रोशित सर्वसाधारणले गत शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेपछि राष्ट्रपति गोताबाया राजपक्षेले बुधबार राजीनामा दिने बताउनुभएकाे थियाे ।

राष्ट्रपति राजपाक्षेले राजीनामा दिएपछि राष्ट्रपतिको उम्मेदवारमा सहमति जुटाउन उनको दल समगी जन बलवेगया समर्थन जुटाउन अन्य सहयोगीहरूसँग छलफल गरेको थियो । छलफलपछि बीबीसीसँग कुरा गर्दै प्रेमदासाले सर्वदलीय अन्तरिम सरकारमा सहभागी हुन आफू तयार रहेको बताएका छन् । राष्ट्रपति राजपाक्षेले राजीनामा दिएमा एक हप्तामा नयाँ राष्ट्रपति चयन गरिने भएकाे छ । सन् २०१९ मा भएको निर्वाचनमा राष्ट्रपति पदका प्रत्याशी प्रेमदासा पराजित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*