गाेली लागेपछि गम्भीर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको मृत्यु

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १५:५८

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको छ । शुक्रबार विहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उहाँको केहीबेरअघि मृत्यु भएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले पुष्टि गरेको छ ।

आबेमाथि भएको आक्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताउनुभएको थियो । आक्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उहाँले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताउनुभयो । आक्रमणपछि प्रधानमन्त्री किशिदाले घटनाको निन्दा गर्दै आबेको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको थियो । उहाँले लोकतन्त्रमा यस्ता हिंसलाई कुनै पनि स्थान नहुने पनि बताउनुभएको थियो ।

चुनाव प्रचारको क्रममा सडकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा आक्रमण भएको थियो । उनलाई पछाडिबाट आक्रमण गरिएको उनको दल लिबरल डेमोक्रेटिक पार्टीले जनाएको छ ।

प्रहरीले ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीलाई पक्राउ गरेको छ । उनी म्यारीटाइम सेल्फ–डिफेन्स फोर्सका सदस्य हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*