बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १०:११

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पदबाट राजीनामा दिएका छन् । आफ्नै नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले समेत उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धमाधम राजीनामा दिएपछि जोनसनले बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकपछि अर्को मन्त्रीहरुले राजीनामा दिएपछि जोनसन अप्ठ्यारोमा परेका थिए । ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच पनि प्रधानमन्त्री जोनसन राजीनामा नदिने अडानमा थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*