जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार

बकैया दर्पण संवाददाता
२४ असार २०७९, शुक्रबार १०:०९

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि आज (शुक्रबार) बिहान नोरा शहरमा गोली प्रहार भएको छ ।

सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको हाे । उहाँ माथि गोली प्रहार भएपछि अचानक ढल्नुभयाे । अन्तर्राष्ट्रिय सञ्चार माध्यामका अनुसार घटनास्थलमा बन्दुकको आवाज सुनिएको थियो । पूर्वप्रधानमन्त्री आबेको शरीरबाट रगत बगिरहेको देखिएको जनाइएकाे छ । प्रहरीले आक्रमणकारीलाई पक्राउ समेत गरिसकेकाे छ ।

मिडिया रिपोर्टका अनुसार उहाँको छातीमा दुईवटा गोली लागेको छ । घटनापछि उहाँलाई अस्पताल लगिएको जनाइएकाे छ । तर, उहाँको अवस्थाकाे विषयमा अहिलेसम्म केही थाहा हुन सकेको छैन् । गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन् । ६७ वर्षीय पूर्वप्रधानमन्त्री आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका हुनुहुन्छ । आबे सन् २००६–०७ मा प्रधानमन्त्री हुनुभएकाे थियाे । उहाँलाई आक्रामक नेताकाे रुपमा पनि लिने गरिन्छ । अल्सरेटिभ कोलाइटिस र आन्द्राको रोगले उहाँलाई २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिन समेत बाध्य बनाएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*