अमेरिकी प्रहरी फेरी विवादमा

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार १०:००

एजेन्सी । अमेरिकाको ओहाइयो राज्यको एक्रोनमा एक सन्दिग्ध एक अश्वेत व्यक्तिलाई प्रहरीले ६० पटकसम्म गोली प्रहार गरी हत्या गरेको भिडियो सार्वजनिक भएपछि अमेरिकी प्रहरी फेरी विवादमा तानिएको छ ।

भिडियोमा प्रहरीले ति ब्यक्तिलाई लखेटेको र अन्तिममा ती पुरुषलाई ६० पटक भन्दा बढी गोली चलाएको भिडियो सार्वजनिक भएको छ । प्रहरीका अनुसार गत जुन २७ राति ट्राफिक स्टपमा २५ वर्षीय जेल्यान्ड वाकर नामका ति युवकले पहिले गोली चलाएर कारमा भागेका थिए ।

प्रहरीले पछि उनको कारमा एउटा पेस्तोल भेटिएको दावी पनि गरेको छ । घटनाको विरोधमा एक्रोनमा प्रदर्शन भएकोमा त्यहाँका मेयरले स्थानीय जनतालाई धैर्य गर्न आह्वान गरेका छन् । मेयर ड्यानियल होर्रिगनले सार्वजनिक भएको भिडियोको दृश्य निकै दर्दनाक भएको टिप्पणी गरेका छन् । एक्रोन प्रहरीले पनि आफ्ना अधिकारीहरूबाट नियम उल्लंघन गरे-नगरेको विषयमा एउटा छुट्टै अनुसन्धान गरिरहेको बताइएको छ । घटनामा संलग्न ८ जना प्रहरीमध्ये ७ गोरा र एक अश्वेत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*