सुडानमा सैनिक शासन अन्त्य हुने संकेत

बकैया दर्पण संवाददाता
२१ असार २०७९, मंगलवार ०९:५९

एजेन्सी । सुडानमा सैनिक शासन अन्त्य हुने संकेत देखिएकाे छ ।

नागरिक स्तरबाट सर्वपक्षीय सरकार गठनका लागि सेनाले आवाह्यन गरेसँगै त्यहाँको राजनीतिले प्रजातान्त्रिक बाटो लिन लागेको हो । सैनिक ‘कु’ को विरोधमा आन्दोलन चर्कदै गएपछि सैनिक शासक जनरल अब्देल फताह अल बुर्हानले प्रजातान्त्रिक सरकार गठन गर्न बाटो खुला गर्नुको साथै हाल जारी राजनैतिक वार्तामा सेनाको उपस्थिति नरहने जानकारी गराएका हुन् ।

टेलिभिजन मार्फत सम्बोधन गर्दै सैनिक शासक जनरल अब्देल फताह अल बुर्हानले आफ्नो नेतृत्वमा रहेको सत्तारुढ सार्वभाैम परिषद नयाँ सरकार बनेपछि भंग हुने घोषणा पनि गरेका छन् । नयाँ सरकार बनेपछि सशस्त्र बलको नयाँ सर्वोच्च परिषद गठन गरिने भन्दै उनले सरकारसँगको सहमतिमा सुरक्षा र प्रतिरक्षाकाको काममा सैनिक जिम्मेवार हुने प्रष्ट पारेका हुन् ।

राजधानी खार्पुङ केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गर्दै आएका छन् । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाले बल प्रयोग गरेको भन्दै चासो व्यक्त गरेका थिए । गत अक्टोबर यता भएका प्रदर्शनमा १८ बालबालिकासहित १ सय१३ जनाको मृत्यु भइसकेको छ । सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारिएको सेवा प्रदायकहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*