सुडानमा सैन्य ‘कू’ को विरोधमा दैनिक रुपमा प्रदर्शन

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार ११:५५

मकवानपुर । सुडानमा गत अक्टोबरमा भएको सैन्य ‘कू’ को विरोधमा दैनिक हजारौंले प्रदर्शन गर्न थालेका छन् । सैनिक सरकार विरोधी प्रदर्शनका क्रममा गत शुक्रबार ९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका हुन् । राजधानी खार्पुङ केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका छन् ।

संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले शान्तिपूर्ण विरोधमा सेनाले बल प्रयोग गरेको भन्दै चासो व्यक्त गरेका छन् । गत अक्टोबर यता भएका प्रदर्शनमा १८ बालबालिकासहित १ सय १३ जनाको मृत्यु भइसकेको छ । सरकारी अधिकारीहरुको निर्देशनमा इन्टरनेट सेवा अवरुद्ध पारिएको सेवा प्रदायकहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*