युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने अमेरिकाकाे घोषणा

बकैया दर्पण संवाददाता
१९ असार २०७९, आईतवार ०९:५७

अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन् । पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेपछि अमेरिकाले युक्रेनलाई नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको हो ।

रुसले युक्रेनी सेनामाथि जताततै घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ । यसअघि युक्रेनले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलब्ध गराउन आह्वान गरेकाे थियो । यसैबीच, युक्रेनी राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गर्दा अमेरिकी राष्ट्रपतिले कृतज्ञता प्रकट गर्नुभएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*