जोर्डनको अकाबामा ग्याँस विष्फाेट हुँदा १३ जनाको मृत्यु, ५० बढी घाइते

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार ०९:०३

एजेन्सी । जोर्डनको दक्षिणी शहर अकाबामा विषक्त क्लोरिन ग्याँस चुहावट भई विष्फाेट हुँदा १३ जना मानिसको मृत्युु भएको छ ।

साेही घटनामा २ सय ५० बढी घाइते भएका छन् । २५ टन क्लोरिन ग्याँसले भरिएको ट्यांकी कार्गो पानी जहाजमा ढुवानी गर्ने क्रममा खसेर जहाजमा ठोकिएपछि चुहावट भई आगलागी भएको हो । सो क्षेत्र वरिपरीका मानिसलाई घरभित्रै झ्याल ढोका बन्द गरेर बस्न अपील गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

विष्फोटले नजिकैको इजराइली शहर आइलातका बासीन्दालाई पनि जोखिममा पारेको बुझिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*