रुसले युक्रेनको एक सपिङ मलमा आक्रमण गर्दा १६ जनाको मृत्यु, थुप्रै घाइते

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार ०८:५९

एजेन्सी । रुसी सेनाले युक्रेनको क्रेमेनचुक शहरस्थित शपिङ मलमा मिसाइल आक्रमण गर्दा १६ जना मानिसको मृत्यु भएको छ । साेही घटनामा थुप्रै मानिस घाइते भएका छन् । मिसाइल प्रहारका कारण शपिङ मलमा भीषण आगलागी समेत भएको छ । मिसाइल आक्रमण गरिंदा उक्त शपिङ मलभित्र १ हजार सर्वसाधारण रहेको बुझिएको छ । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीेले घटनाको पुष्टि गर्दै रुसतर्फबाट दर्दनाक आक्रमण भएको प्रतिक्रिया दिनुभएको छ । सोही मल रुसका लागि कुनै राणनीतिक महत्वको ठाउँ नभएको बताउँदै जेलेन्स्कीले आम नागरिकको हत्या गर्ने रुसी रणनीति घोर अपराध र युरोपेली इतिहासमा सबै भन्दा निर्लज्ज आतंकवादी कार्य भएको प्रतिक्रिया दिनुभएकाे छ ।

जर्मनीमा जी–सेभेन देशहरुबीच रुस युक्रेन युद्धका विषयमा छलफल चलिरहेका बेला भएको यो आक्रमणलाई जि सेभेनले युद्ध अपराधको संज्ञा दिएको छ । आगलागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । शपिङ मलमा रहेका केही सर्वसाधारण हराइरहेको र केही नजिककै होटलमा भेला भएको बुझिएको छ । युक्रेनको मध्य पूर्वी शहर क्रेमेन्चुक रुसी नियन्त्रण क्षेत्र भन्दा करिब १ सय ३० किलोमिटर टाढा रहेको जनाइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*