रेलवे कामदारको मागको बारेमा छलफल गरी सम्झौता गर्न प्रधानमन्त्री जोन्सन तयार

बकैया दर्पण संवाददाता
८ असार २०७९, बुधबार ०९:२२

मकवानपुर । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रेलवे कामदारहरूको मागको विषयमा छलफल गरी सम्झौता गर्न आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । बेलायतमा रेलवे कामदारको नेटवर्कले गरेको तीन दशक यताको ठूलो हडतालकाबाट अस्त व्यस्त बनेपछि प्रधानमन्त्री जोन्सन सम्झौता गर्न तयार हुनुभएको हो । यसअघि आकस्मिक बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभएको थियो ।

रेलवे कामदारहरूले तलब भत्ता वृद्धि र आफूहरूको जागिर सुुरक्षित गर्न माग गर्दै हडताल आह्वान गरेका हुन् । रेलका यात्रुको हडतालमा हजारौंको सहभागिता रहेको छ । रेल र लन्डन भूमिगत स्टेसन मंगलबार बिहान बन्द, भएपछि मानिसहरू वैकल्पिक मार्ग खोज्न बाध्य भएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*