कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १६:०२

एजेन्सी । कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा पराजित गर्दै पेट्रो राष्ट्रपतिमा निर्वाचित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले ५०.४४ प्रतिशत मत पाउँदा उनका प्रतिस्पर्धी हर्नान्डेजले ४७.३१ प्रतिशत मत प्राप्त गरे । ६२ वर्षीय पेट्रो राजधानी बोगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*