युक्रेनकाे संसदले रुसी संगीत र पुस्तकमा लगायाे प्रतिबन्ध

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १०:०४

एजेन्सी ।रुस र युक्रेन युद्धकाबीच युक्रेनको संसदले सञ्चारमाध्यम र सार्वजनिक स्थानमा केही रुसी संगीत र पुस्तकलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेकाे छ । यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएका संगीतसँग सम्बन्धित छ । तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुट्नका लागि निवेदन दिन सक्ने बताइएकाे छ ।

त्यस्तै, रुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ । युक्रेनको संसदले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*