युक्रेनका राष्ट्रपतिले गरे युद्धग्रस्त शहरहरूको भ्रमण

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार ०९:३१

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले युद्धको अग्रपंक्तिमा रहेका दक्षिणी शहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ ।

रुस युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका शहरहरुकाे भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइतेहरू, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग भेटघाट समेत गर्नुभएकाे हाे । यी दुवै शहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेकाे छ ।

यसअघि उहाँले किभ पुगेका पश्चिमी राष्ट्रका नेताहरुसँग पनि भेटघाट गरिसक्नुभएको छ । रुस युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय सर्वसाधारण मारिएको र एक करोड ३० लाखले युक्रेन घरबास छाडेको संयुक्त राष्ट्रसंघको दावी छ । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीकाे युद्धग्रस्त क्षेत्रको भ्रमणलाई रुसी सेनाका लागि चुनौतीको रुपमा पनि विश्लेषण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*