इयुमा आबद्ध हुने युक्रेनको प्रस्तावमा जर्मनी, फ्रान्स र इटालीको समर्थन

रुस विरुद्धको युद्धमा ऐक्यबद्धता
बकैया दर्पण संवाददाता
३ असार २०७९, शुक्रबार ०९:५९

एजेन्सी । युरोपेली युनियन (इयु) मा आबद्ध हुन युक्रेनले दिएको प्रस्तावलाई ठूला र बलिया युरोपेली देशहरुले समर्थन गरेका छन् । रुससँग युद्ध लडिरहेको युक्रेनको राजधानी किभ पुगेका जर्मनी, फ्रान्स, इटाली र रोमानियाका सरकार तथा राष्ट्रप्रमुखले युक्रेनको सदस्यता प्रस्तावमा समर्थन जनाएका हुन् । किभ पुगेका जर्मन चान्सलर ओलोफ स्कोल्जले युक्रेन युरोपेली परिवारको एक महत्वपूर्ण सदस्य रहेको बताउनुभएकाे छ ।

त्यस्तै फ्रेन्चका राष्ट्रपति इम्यानुएल म्याक्रोंले इयुका सबै २७ सदस्य मुलुकहरु रुस विरुद्धको लडाईमा अन्तिमसम्म पनि युक्रेनको पक्षमा रहने समेत प्रष्ट पार्नुभयो । संयुक्त प्रेस ब्रिफिङमा बोल्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी युद्धलाई युरोपीयन एकतामाथिको हमलाको रुपमा बुझ्नुपर्ने तर्क गर्नुभयो । युरोपेली नेताहरुले युक्रेनलाई तत्काल इयुको पूर्ण सदस्यता दिनुपर्ने समर्थन जनाएपनि युक्रेनले पूरा गर्नुपर्ने केही प्रक्रियागत तयारी भने अझै बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*