मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या

बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार ११:०२

एजेन्सी । मेक्सिकोमा एक राजनीतिक सल्लाहकारको जिउँदै जलाएर हत्या गरिएको छ । बालकको अपहरण गरेको आरोप लागेका ३१ वर्षीय राजनीतिक सल्लाहकार डेनियल पिकाजोलाई आक्रोशित भीडले जिउँदै जलाएर हत्या गरेको हो । मेक्सिकोको पुब्ला भन्ने क्षेत्रको भ्रमणमा रहेका पिकाजोलाई २ सय जनाको भीडले घेरेर आगो लगाएका थिए ।

त्यहाँका अधिकारीहरूले यस घटनालाई देशकै इतिहासमा बर्बर घटना भनेका छन् । उनले बालक अपहरण गरेको विषय सामाजिक सञ्जाल ह्वाटस्एपमा सार्वजनिक भएपछि उनको ब्यापक खोजी समेत भएको थियो । आक्रोशित भीडले राजनीतिक सल्लाहकार डेनियल पिकाजो र उनका दुई सहयोगीमाथि समेत आक्रमण गरेकाे हाे । साेही भीडले पिकाजोलाई घिसार्दै मैदानमा समेत लगेकाे थियाे ।

सुरक्षाकर्मीहरूले बचाउने प्रयास गर्दागर्दै पनि भीडले पेट्रोल छर्केर आगो लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*