अमेरिकी राष्ट्रपति बाइडेनले खाडी मुलुकहरूको भ्रमण गर्ने

बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार १०:५८

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी महिना खाडी मुलुकहरूको भ्रमणमा जाने हुनुभएको छ । आगामी जुलाई १३ देखि १६ सम्म बाइडेनले पश्चिम एशियाली देशहरूको भ्रमण गर्ने ह्वाइटहाउसले जनाएको छ । साउदी अरबबाट भ्रमण सुरु गर्ने बाइडेनले इजरायल र वेष्ट बैंकको पनि भ्रमण गर्नुहुने भएकाे छ । साउदी भ्रमणका क्रममा त्यहाँका राजकुमार मोहमदबिन सलमानसँग भेटवार्ता गर्नुका साथै एमबीएस बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सन् २०१८ को अक्टोबरमा साउदी अरबका पत्रकार जमाल खशोगीको टर्कीमा हत्या गरिएपछि अमेरिका र साउदीबीचको सम्बन्धमा चिसोपन बढेको बताउने गरिएको छ । साउदी अरबले अमेरिकाको इशारामा खगोसीको हत्या गरेको आरोप समेत लगाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*