अमेरिकामा बन्दुक नियन्त्रणकाे लागि कानूनी ढाँचामा सहमति खोजिदै

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:०७

एजेन्सी । अमेरिकामा एक पछि अर्को गर्दै गोलीकाण्डहरु बढ्दै गएपछि उनीहरु कानून संशोधनका लागि सहमत भएका हुन् । अमेरिकामा १८ वर्ष उमेर पुगेपछि बन्दुक खरिद गर्न पाउने कानूनी व्यवस्था रहेकाे छ । तर अबदेखि २१ वर्ष भन्दा कम उमेरका मानिसले बन्दुक खरिद गर्दा उसको पृष्ठ भूमी जाँचेर मात्रै बन्दुक बिक्री गरिनेछ ।

यसैगरी गैर-कानूनी खरिद बिक्रीलाई पूर्णतया नियन्त्रण गरिनेछ । बन्दुक नियन्त्रणको कडा प्रावधानलाई कम्तिमा १० जना रिपब्लिकन सिनेटरहरुले समर्थन गरेका छन् । यसको अर्थ सिनेटमा यो विधेयक पेश गरिदा कानून बनाउन आवश्यक सांसदहरुको मत यो विधेयकले प्राप्त गर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो प्रस्तावको स्वागत गर्दै बन्दुक खरिद सम्बन्धी नियममा अमेरिका चुकेको प्रतिक्रिया दिनुभएको छ । यो विधेयकलाई सर्वसम्मतले पारित गर्न बाइडेनले सबैलाई अपील समेत गर्नुभएको छ ।

यस विधेयकले बन्दुक खरिदबिक्रीलाई केही हदसम्म नियन्त्रण गरेपनि बन्दुक किन्न पाउने उमेर हद भने नबढाउने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*