यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

बकैया दर्पण संवाददाता
२४ जेष्ठ २०७९, मंगलवार १२:३६

एजेन्सी । यमनको सरकार र हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो ।

यमनी सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो । यमनमा कैयौँ वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्रतिनिधि र यमनी सरकारका प्रतिनिधिबीच सकारात्मक रुपमा वार्ता अघि बढेको बताइएको छ ।

यमनमा धेरै वर्षदेखि विद्रोह र हिंसा हँदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघका प्रतिनिधिको उपस्थितिमा विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*