बंगलादेश आगलागी अपडेटः ज्यान गुमाउनेको संख्या ४० पुग्यो

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १६:३७

एजेन्सी । बंगलादेशको दक्षिण–पूर्वी सहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ। ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ । सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। चटगाउँ मेडिकल कलेजका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पर्‍याएको छ ।

आगलागीमा सयौँ जना घाइते भएका हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सीताकुन्डमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल बोलाइएको थियो । त्यहीबेला विष्फोट पनि भएको बताइएको छ ।

आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। डिपोमा केही कन्टेनरमा केमिकल रहेको र त्यही कारण आगो फैलिएको हुनसक्न आँकलन गरिएको छ । घटनास्थल आसपासका अस्पतालहरु घाइतेहरुले भरिएका छन्। उपचारमा रगतको अभाव भएपछि रक्तदानका लागि सर्वसाधारणलाई अपील गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*