उत्तर कोरियाले गर्‍याे श्रृंखलावद्ध क्षेप्यास्त्र प्रहार

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:१६

एजेन्सी । जापानको टोकियोमा क्वाड संगठनको शिखर सम्मेलन सकिएको केही घण्टा नबित्दै उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले स्थानीय समय अनुसार आज (बुधबार) बिहान ६ बजे पहिलो, ६:३७ मिनेटपछि दोस्रो, त्यसको पाँच मिनेटपछि तेस्रो गरी ३ वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । उत्तर कोरियाको यो कदमलगत्तै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले राष्ट्रिय सुरक्षा परिषदकाे बैठक डाक्नुभएको छ ।

दक्षिण कोरियाली सेनाले अमेरिकी सेनाको सहयोगमा पूर्ण तयारी अवस्थामा रहेको जनाएको छ। दक्षिण कोरियामा रहेको अमेरिकी सेनाले पनि परिस्थितिलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । मंगलबार राती टोकियोबाट फर्केका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारका विषयमा जानकारी गराइएको पनि अमेरिकी सेनाले जनाएको छ ।

उत्तर कोरियाले सन् २०२२ लागे लगत्तै श्रृंखलावद्ध क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*