युद्ध अन्त्यका लागि रुसलाई आफ्नो एक इन्च पनि जमिन नदिने युक्रेनको अडान

बकैया दर्पण संवाददाता
९ जेष्ठ २०७९, सोमबार १०:०८

एजेन्सी । युक्रेनले रुससँग युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने प्रष्ट पारेको छ ।

रुसले एकपछि अर्को शहर कब्जा गने प्रयास गरिरहदा युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले रुससँंगको युद्ध कुटनीतिक बाटोबाट मात्रै समाधान हुने भन्दै आफ्नो भू-भाग दिने विषयमा सम्झौता नहुने घोषणा गर्नुभएको हो । राष्ट्रपतिका सल्लाहकार मिआयलो पोडोल्याकले आगामी दिनमा अझै रक्तापातपूर्ण युद्ध हुनसक्ने संकेत गर्दै रुससँग कुनै हालतमा सम्झौता नगर्ने स्पष्ट पार्नुभएकाे छ ।

रुसले युक्रेनको पूर्वी क्षेत्रमा रहेको सेभेरोडोनेत्स्क शहरमा घेरा हालेकै बेला युक्रनको यो घोषणा सार्वजनिक भएको हो । पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले युक्रेनको किभमा संसदलाई सम्बोधन गर्दै युक्रेनीहरूले मात्रै आफ्नो भविष्यको निर्णय गर्ने सक्ने औंल्याउनुभएको छ ।

भ्रमणको क्रमको किभ पुग्नु भएका राष्ट्रपति डुडाले सम्बोधनकै क्रममा युक्रेनलाई युरोपियन युनिएन इयुमा सामेल गराउने प्रयास जारी रहेको समेत बताउनुभएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*