युक्रेनको राजधानीमा १२ सय मानव शव फेला

बकैया दर्पण संवाददाता
२० बैशाख २०७९, मंगलवार १०:३८

एजेन्सी । युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ । युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन् ।

शव संकलन गरेर उनीहरुको मृत्युको कारण थाहा पाउन फरेन्सिक ल्याबमा पठाएको अनुसन्धानकर्ताले बताएका छन्। ज्यान गुमाउनेमध्ये धेरैजसोको पहिचान भइसकेको छ। २८० शवको पहिचान गर्न भने कठिन भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच युरोपीयन युनियन ईयूले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । युरोपियन युनियनको विदेश मामिला परिषद् बैठकले रुसमाथि छेटौँपटक थप कडा प्रतिबन्धको तयारी गरेको हो ।

परिषद्ले रुसी तेल खरिदबारे केही कठोर निर्णय गर्ने बताइएको छ । बैठकको अध्यक्षता गरेका जोसेप बोरेलले रुसबाट हुने आयातलाई सीमित गर्ने दिशामा सहमति जुटेको बताएका छन् । तेल आयातमाथि प्रतिबन्ध लगाउने निर्णय आगामी बैठकले गर्ने उनको भनाइ छ । परिषद्को बैठक मे ६ र १६ मा बोलाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*