फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

बकैया दर्पण संवाददाता
१२ बैशाख २०७९, सोमबार १०:०९

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत मत पाउदा ले पेनको पक्षमा ४१ दशमलव ८ प्रतिशत मत परेकाे थियाे ।

जितपछि आफ्ना समर्थकहरुलाई सम्बाेधन गर्दै मध्यपन्थी नेता म्याक्रोंले चुनावपछि आफू एउटा पक्षको नभई सिंगो फ्रान्सको राष्ट्रपति भएको बताएका छन ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले फ्रान्सलाई भावनात्मक एवं राष्ट्रिय सामथ्र्यको आधारमा एकताबद्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*