नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट, १ सय बढीको मृत्यु

बकैया दर्पण संवाददाता
११ बैशाख २०७९, आईतवार ०९:५६

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।

नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको छ । बिस्फोटका कारण प्रशोधन केन्द्रको वरिपरिको गाउँमा समेत क्षति पुगेको छ ।

मारिनेमा अधिकांश अवैध रुपमा बिक्री गरिएको इन्धन किन्न लाइनबद्ध भएकाहरु रहेका छन् ।

नाइजेरियामा बढ्दो बेरोजगारीका कारण निकै कै घातक मानिएको तेल प्रशोधन केन्द्रमा आफैं तेल उत्पादन गर्न जोखिम मोल्ने गरेका कारण वर्षेनी हुने बिस्फोटमा ज्यान जाने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*