रुसले गर्‍यो लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण

बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १०:१९

एजेन्सी । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो ।

यो क्षेप्यास्त्रले रुसका दुश्मनहरुलाई सोच्न बाध्य बनाउने प्रतिक्रिया राष्ट्रपति पुटिनले दिएका छन । यो क्षमताको क्षेप्यास्त्र अहिलेसम्म परीक्षण नभएको र अझै केही समय अरु कसैले बनाउन पनि नसक्ने दावी पनि पुटिनको छ । यसैबीच, रुसले बेल्जियम र हाेल्याण्डका ३६ जना कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

युक्रेन हमलाको विरोधमा पश्चिमा देशले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले दुई साता भित्र ती कूटनीतिज्ञलाई देश छाड्न भनेको हो । बेल्जियमका २१ र हल्यान्ड्सका १५ जना कूटनीतिज्ञलाई ‘पर्सना नन ग्रेटा’ जारी गरिएको रुसको विदेश मन्त्रालयले जनाएको छ ।

युरोपेली मुलुकहरुले यस अघि नै रुसी कूटनीतिज्ञलाई देश निकाला गरिसकेकाले त्यसको बदला स्वरुप रुसले यो कदम चालेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*