मारियुपाेल शहर नियन्त्रणमा लिएको युक्रेनकाे दावी, युक्रेनमा २ हजार घर ध्वस्त

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:४४

एजेन्सी । युक्रेनी सेनाले मारियुपाेल शहर पुन: नियन्त्रणमा लिएको दावी गरेको छ ।

रुसले युक्रेनको खार्किभ शहरमा बम बिस्फोट गर्दा २ हजार भन्दा बढी घरहरू ध्वस्त भएका छन् । रुसले युक्रेनकाे खार्किभ शहरमा गरेको आक्रमणमा १८ जना युक्रेनी नागरिकको मृत्यु भएको छ ।

एक सय भन्दा बढी आम नागरिक घाइते भएका छन् । युक्रेनी संचार माध्यमका अनुसार खार्किभका मेयरले रुसी आक्रमणमा १ हजार ९ सय २९ वटा भवन ध्वस्त भएको दावी गरेका छन् ।रुसी सेनाले पूर्वी युक्रेनमा आक्रमण तीब्र बनाएको छ ।

युक्रेन र रुसबीचको युद्ध जारी भएको आज (बुधबार ) ५६ दिन पूरा भएको छ । लामो समयदेखि चर्किएको युद्ध रोकिने संकेत देखिएकाे छैन । युक्रेनका सबै शहरहरू रुसी हमलाले ध्वस्त भएका छन् । हाल रुसी सेनाले खार्किभ शहरलाई निशाना बनाएर फाइरिङ गरिरहेको छ ।

सिटी सेन्टर, स्वयंसेवी केन्द्र र विद्यालयलाई लक्षित गरेर रुसले आक्रमण गरिरहेको छ । त्यस्तै, पुर्वी युक्रेनमा रुसी सेनाको आक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । मारियुपोल शहरलाई पूर्णरुपमा ध्वस्त बनाएपछि अहिले खार्किभ सहरलाई रुसले निशाना बनाइरहेको छ ।
रुसले एक दिनमा करिब ८० ओटा भवनमा बम विस्फोटगरि ध्वस्त बनाइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*