चीनको सांघाईमा कोरोनाबाट तीन दिनमा १७ जनाको मृत्यु

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:४१

चीनको सांघाईमा कोरोनाबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको सांघाईको स्वास्थ्य आयोगले जनाएको छ ।

तीब्ररूपमा फैलिएको ओमिक्रोन भाइरसका कारण साढे दुई करोड जनसंख्या भएको सांघाईमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध र सामूहिक परीक्षणको दायर बढाएको छ ।

पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको बताइएको छ । अधिकारीहरूका अनुसार उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । मृत्यु भएकामध्ये पाँच जना ७० वर्षमाथिका रहेका बताइएको छ ।
यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् । कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउन छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*