पाकिस्तानमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:१६

एजेन्सी । पाकिस्तानमा एक श्रीलंकाली नागरिकको कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ ।

पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक काराखानाको महाप्रबन्धकमा कार्यरत श्रीलंकाली नागरिक प्रियन्ता कुमार दियावदनलाई कुटपिट गरी हत्या गरेको आरोपमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । लाहोरस्थितप्रति आतंकवाद अदालतले घटनामा संलग्न ८९ जनालाई दोषी ठहर गर्दै ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैद, १ जनालाई पाँच वर्ष कैद र ७२ जनालाई दुईदुई वर्षको कैद सजाय तोकेको हो ।

भित्तामा टाँसिएको धार्मिक पोस्टर च्यातेर इशनिन्दा गरेको आरोपमा दियावदनलाई उनी आफैं कार्यरत कारखानाबाट बाहिर निकाली कुटपीट गरी हत्या गरेर जलाइएको थियो । हत्या गर्नेहरुले उनकै शव अघि उभिएर सेल्फी समेत खिचेर समाजिक सञ्जालमा हालेका थिए । पाकिस्तानमा इशनिन्दाको आरोपमा अल्पसंख्यकहरुमाथि बारम्बार अत्याचार हुने गरेको छ ।

श्रीलंकाली सरकारले दियावदनको हत्यामा संलग्नलाई कारबाही गर्न पाकिस्तानलाई बारम्बार दबाब दिइरहेको बेला अदालतले यस्तो फैसला गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*