युक्रेनमा भोकमरिका कारण मानिसको मृत्यु, संकट अझै बढ्ने चेतावनी

बकैया दर्पण संवाददाता
२ बैशाख २०७९, शुक्रबार १४:०८

मकवानपुर । युक्रेन र रुसबीच भएको जारी युद्ध आज (शुक्रबार) ५१ दिन पूरा भएको छ ।
सोही युद्धका कारण युक्रेनको मारियुपोल शहरमा भोकमरिका कारण मानिसहरूको मृत्यु भएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का चिफका अनुसार रुसी सैनीकको घेराउमा परेका युक्रेनको मारियुपोल शहरका मानिसहरूको भोकमरिका कारण मृत्यु भैरहेको छ ।
रुसले अझै केही साता आक्रमणालाई तीब्र बनाउले हो भने संकट अझै बढ्ने छ । डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्लेले १४ अप्रिल (बिहिबार) का दिन युक्रेनको राजधानी किभमा एसोससिएटेड प्रेस (एपी) सँगको कुराकानीमा यस्तो चेतावनी दिएका हुन् । खाद्यान्न निर्यात गर्ने युक्रेनमा रुसको आक्रमणले वरपरका देशहरूका अस्थिर हुन सक्ने उनको भनाइ छ । अहिले राम्रो जीवन खोज्ने शरणार्थीको संख्या पनि बढ्न सक्ने डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्ले बताएका छन ।
गत २४ फेब्रुअरीबाट युक्रेनमा सुरु भएको जारी युद्धले युक्रेनको सम्पूर्ण स्थितीलाई संकटमा पार्नुका साथै युक्रेनलाई नै पूरै नष्ट पारेको छ । यी सबै सघर्षकाबीच डब्लुएफपी र अन्य सहायता संगठनले संकटमा परेकाहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। युक्रेनको राजधानी किभ र नजिकका शहरमा विषेश गरी पूर्वी युक्रेन र युक्रेनीहरूबीच पुग्न कठिन भएको डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्ले बताएका छन् ।
युक्रेनको जुन क्षेत्रमा हाल जारी युद्धको स्थिति भने गम्भीर नभएको डब्लुएफपीका कार्यकारी निर्देशक डेभिड ब्यास्लेको तर्क छ । सो क्षेत्रमा डब्लुएफपीले खाद्या आपूर्ती गर्ने प्रयास गरिरहेको छ । युक्रेनमा अबको केही साता वा महिनामा अझै स्थिति थप जटिल बन्ने उनले बताएका छन् । उनले मारियुपोल शहरको विषयमा चिन्ता समेत व्यक्त गरेका छन् । करिब एक करोड युक्रेनीहरुले युक्रेन छोडेर छिमेकी देश पलायन भएका छन ।जसमध्ये ९० प्रतिशत महिला र बालबालिका रहेका छन।
पुरुषहरुलाई भने युक्रेन छोडेर हिड्नलाई बन्देज गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*