फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:२१

एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ ।
बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो ।
गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*