भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:१५

एजेन्सी। भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । भारतको झारखण्डमा गत आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको केबलकारका दुई वटा डब्बा ठोक्किएपछि उक्त केबलकार रोकिएको हो ।
केबलकारमा रहेका यात्रुहरु जहाँको त्यहीँ रोकिएका छन् । ५ वटा डब्बामा १५ जना अड्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यसरी अड्किनेहरुमा विदेशी पर्यटकहरु समेत रहेको जनाइएको छ ।
तीन जनाको भने केबलकारबाट खसेर मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*