रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:११

एजेन्सी। रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ ।
युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको छ । युक्रेन र रुसबीच युद्ध भएको आज ९मंगलबार० ४७ दिन पूरा भएको छ । तर युरोपेली संघले रुसमाथि पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाउने प्रस्तावको मस्यौदा तयार गरेपनि कार्यान्वयन नभएको भन्दै युक्रेनको विदेश मन्त्रालयले खेद प्रकट गरेको छ । रुसमाथिको प्रतिबन्ध कार्यान्वयन नभएको खण्डमा युक्रेनमा रुसले थप मानव अपराध गर्ने भन्दै युक्रेनले विश्व जगतलाई पुनः घच्घच्याएको छ ।
यसैबीच रुसले युक्रेनको डोनेट्स्कमा गरेको आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । रुसले उत्तरी क्षेत्रबाट आफ्नो सेना फिर्ता गरे पनि डोनबास क्षेत्र रुसी सेनालाई सुम्पन्न युक्रेनी सेनालाई आग्रह गरिरहेको छ । रुसको आक्रमणमा युक्रेनको किभ नजिक बोरोडिन्काका अधिकाश संरचनाहरु ध्वस्त भएका छन् ।
मारियुपोल शहरबाट सेना फिर्ता गरेको रुसले मारियुपोलसँग गासिएको क्रिमिया प्रायद्धिपमा पनि हवाई आक्रमण तीब्र पारेको छ । रुसी सेनाले मारियुपोल शहरमा महिलामाथि यौन दुव्र्यवहार भएको खुलासा भएको छ ।
मारियुपोलकी एक महिलाले रुसी सेनाले आफ्नो बालबच्चाको सामुन्ने आफूलाई बलात्कार गरेको र आफ्नो पतिको गोली हानी हत्या गरेको बताएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*