पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७८, आईतवार १३:४८

मकवानपुर । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ ।
शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको छ ।
संसदमा मतदान अघि नै सरकारी निवास छाडेर हिंडेका खानको निवासमा आज आइतबार बिहानै छापा मारिएको थियो ।
पाकिस्तानी सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरुलाई देश नछाड्न पनि भनेको छ । राजधानी इस्लामावादमा गए रातीदेखि नै सुरक्षा सतर्कता अपनाइएको छ भने ठाउँमा ठाउँमा हतियारधारी फौज तैनाथ गरिएको छ ।
शनिबार राति पाकिस्तानको नेशलन एसेम्ब्लीमा भएको अविश्वास प्रस्तावमाथिको मतदानमा इमरान खानको सरकार पराजित भएको थियो । विपक्षीहरुले नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शाहबाज सर्रिफ भोलि सोमबार प्रधानमन्त्रीमा नियुक्त हुनसक्ने बताइएको छ ।
प्रस्तावित प्रधानमन्त्री सर्रिफले कसैविरुद्ध बदलाको भावना नराख्ने तर कानुनलाई काम गर्न पनि नरोक्ने बताइरहेको बेला निवर्तमान प्रधानमन्त्री खान विरुद्ध पक्राउ आदेश जारी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*