रुसी राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको माग

बकैया दर्पण संवाददाता
२२ चैत्र २०७८, मंगलवार ०९:५९

युद्धग्रस्त युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार गरेको भन्दै पश्चिमा देशहरु रुस विरुद्ध थप आक्रामक बनेका छन् । उनीहरुले बुचामा रुसी सैनिकले गैरसैनिक सर्वसाधारणको जथाभावी हत्या गरेको भन्दै स्वतन्त्र छानविनको माग पनि गरेका छन् ।
उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले बुचा नरसंहारका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मात्रै दोषी रहेको भन्दै पुटिन विरुद्ध युद्ध अपराधमा छानविन गरी मुद्दा चलाउनु पर्ने माग गर्नुभएको छ ।
बाइडेनले अन्तर्राष्ट्रिय युद्ध अपराध अदालत तथा अन्य मानवतावादी संस्थाहरुबाट नरसंहारको छानविन गराउनु पर्ने र पुटिन तथा उनका सहयोगीहरु विरुद्ध युद्ध अपराधमा सजाय हुनुपर्ने बताउनुभएको हो ।
राष्ट्रपति बाइडेनले रुस विरुद्ध थप नाकाबन्दी लगाउने विषयमा गम्भीर बन्न गठबन्धन देशहरुलाई आग्रह पनि गर्नुभएको छ ।
यता, युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले बुचामा भएको नरसंहार ढाकछोप गर्न रुसले प्रयास गरिरहेको भन्दै तत्काल कदम चाल्न पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको छ । रुसले भने बुचा शहरमा आफ्ना सैनिकले निहत्था जनताको हत्या नगरेको दाबी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*