पाकिस्तानमा इमरानखान कार्यबाहक प्रधानमन्त्री घोषित

बकैया दर्पण संवाददाता
२१ चैत्र २०७८, सोमबार १०:१४

मकवानपुर । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको कार्यबाहक प्रधानमन्त्री चयन हुने समय सम्मका लागि प्रधानमन्त्री घोषित गरेका छन ।
पाकिस्तानमा कार्यबाहक प्रधानमन्त्रीको संविधान अनुसार नियुक्त हुने र जबसम्म यो नियुक्ति हुँदैन तबसम्म इमरान खान नै प्रधानमन्त्रीको जिम्मवारी निभाउने छन । आइतबार पाकिस्तानी राष्ट्रपतिले संसद विघटन गरेका थिए। संसद विघटन भएसँगै खाना प्रधानमन्त्रीबाट मुक्त भएका हुन् ।
नेशनल असेम्बलीमा इमरान खानको विरुद्धमा लगाइएको अविश्वासको प्रस्तावलाई संसदका उपाध्यक्ष कासिम सुरीले असंवैधानिक बताउँदै खारेज गरेपछि इमरान खानले राष्ट्रपति समक्ष संसद विघटन गर्न सिफारिस गरेकाथिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*