पाकिस्तानमा अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार १०:२०

मकवानपुर । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ ।
पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ ।
अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका छन् ।
आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि मतदान हुने ठिक एक दिनअघि प्रधानमन्त्री खानले आफ्ना समर्थकहरुलाई सडकमा उत्रिन आह्वान गरेका थिए । विपक्षीहरुले खानमाथि देशमा आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै आएका छन् ।
सत्ता सहयात्री केही दलहरु विपक्षी मोर्चामा आवद्ध भएकाले ३ सय ४२ सदस्य रहेको तल्लो सदनमा सत्तारुढ तेहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले बहुमत गुमाएको छ ।
पूर्व क्रिकेटर प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने र अन्तिम बल रहेसम्म संघर्ष गरिरहने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*