श्रीलंकामा प्रदर्शन नियन्त्रण गर्न ३६ घण्टे कर्फ्यु आदेश जारी

बकैया दर्पण संवाददाता
२० चैत्र २०७८, आईतवार १०:१७

मकवानपुर । आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ ।
सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको हा्े ।
श्रीलंकामा औषधि, खाद्यान्न र इन्धनलगायत अत्यावश्यक सामग्रीको अभाव भएपछि सर्वसाधारण दिनहुँ प्रदर्शनमा उत्रिएका छन् ।
गत बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । लगातार रुपमा भइरहेको सरकार बिरुद्धका प्रदर्शनबाट त्यहाँको जनजीवन थप अस्तब्यस्त बनेको छ ।
संकटकाल घोषणपछि सेना समेत परिचालन गरिएको छ भने शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*