इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु

बकैया दर्पण संवाददाता
१२ भाद्र २०८०, मंगलवार ११:०६

एजेन्सी । इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् ।

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ ।

लिबियाको संसद्का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘राज्यद्रोह’ को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले थप अनुसन्धान गर्न सिफारिस गर्नुभएको बीबीसीले जनाएको छ । लिबिया लामो समयदेखि अशान्त छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*